Sat. Jun 22nd, 2024

काठमाडौंसहित केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं -देशका केही स्थानमा आइतबार (भोलि)वर्षाको सम्भावना छ । शनिबार पनि कोसी, वाग्मती (काठमाडौंसहित), गण्डकी प्रदेशलगायत केही स्थानमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल)को सम्भावना रहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको उनले बताए ।

“तराईमा पनि केही बदली त हुने सम्भावना छ, तर मुख्यतया सफा हुनेजस्तो देखिन्छ,” उनले बाह्रखरीसित भने, “विशेष गरी कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ । अरू एकरदुई स्थानमा पनि सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।”

About The Author

Loading...

अन्य समाचारहरु: