Wed. Jun 19th, 2024

शेयर बजार साढे १३ अङ्कले बढ्यो

काठमाण्डौ – हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८३ दशमलव शून्य चार विन्दुमा पुगेको छ ।

आज लगानी, उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार, बीमा, फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज मल्टीप्रपोज फाइनान्स र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन नारायणी विकास बैंकको शेयर भने नौ प्रतिशतभन्दा धेरैले घटेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: