Sun. Jun 23rd, 2024

भरतपुर महानगरले प्रहरी कार्यालयअगाडि नेपालको खेल देखाउने

भरतपुर महानगरपालिकाले टी–२० विश्वकप क्रिकेटमा नेपालले आज खेल्ने खेल ठूलो पर्दामा प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनअगाडि रहेको गेष्टहाउस चौरमा नेपाल र नेदरल्याण्ड्सबीच आज हुने खेल ‘एलईडी लाइभ स्क्रिनिङ’ मा देखाइने भएको हो ।

‘भरतपुर महानगरपालिका टी–विश्वकप–२०२४ अन्तर्गत आज साँझ ९:१५ बजेदेखि हुने नेपाल र नेदरल्याण्ड्सबीचको खेल ठूलो पर्दामा प्रत्यक्ष प्रसारण गेष्टहाउस चौर, जिल्ला प्रहरी कार्यालयअगाडि देखाउने जानकारी गराउँदछौं’, जारी सूचनामा उल्लेख छ ।

About The Author

Loading...

अन्य समाचारहरु: