Wed. Jun 12th, 2024

भारतमा लोकसभाको चुनाव लडेका १५ मध्ये ११ कलाकार विजयी

काठमाडौं– भारतीय लोकसभा चुनाव २०२४ नतिजा सार्वजनिक भएको छ । यसपटक १५ जना सेलिब्रेटीले लोकसभा चुनाव लडेका थिए, जसमध्ये ११ जना सेलिब्रेटीले जित्न सके ।

चुनाव जित्नेमा कंगना रनौत, हेमा मालिनी, शत्रुघ्न सिन्हा, रवि किशन, मनोज तिवारी जस्ता नाम समावेश छन् । भोजपुरी स्टार पवन सिंह र निरहुआ नराम्रोसँग पराजित भए ।

हेमा मालिनी निकटम प्रतिद्वन्द्वीभन्दा २ लाख ९३ हजार ४०७ मतले विजयी रहिन् । राज बब्बर र निरहुआ जस्ता कलाकार पराजित भए । ड्रिम गर्ल हेमा मालिनीले उत्तर प्रदेशको मथुरा सिटबाट भाजपाको टिकट पाएकी थिइन् । उनीविरुद्ध कांग्रेस नेता मुकेश धनगर थिए ।

हिमाञ्चल प्रदेशको मण्डीबाट भाजपाको टिकट पाएकी अभिनेत्री रनौतले कांग्रेस नेता विक्रमादित्य सिंहलाई पराजित गरिन् । उनले ७४ हजार ७५५ मतान्तरले सिंहलाई हराइन् ।

तृणमूल कंग्रेसको तर्फबाट अभिनेता शत्रुघ्न सिन्हाले पश्चिम बंगालको आसनसोल सिटबाट भाजपा नेता एसएस अहलुवालियालाई ५९ हजार ५६४ मतले पराजित गरेका छन् ।
चर्चित टेलिभिजन शो ‘रामायण’मा श्रीरामको भूमिका गरेर चर्चित बनेका अभिनेता अरुण गोविल उत्तर प्रदेशको मेरठबाट विजयी भए । भाजपाको टिकटमा चुनाव लडेका अरुण गोविलले सपा नेता सुनिता वर्मालाई १० हजार ५८५ मतले हराए ।
अभिनेता तथा पार्श्वगायक सुरेश गोपीले केरलाको त्रिशूर सिटबाट चुनाव जिते । उत्तरपूर्वी दिल्लीको सिटमा भारतीय जनता पार्टीका तर्फबाट उम्मेदवार मनोज तिवारीले कांग्रेस नेता कन्हैया कुमारलाई पराजित गरे । मनोज १३ हजार ७७८ मतले विजयी भए ।

About The Author

Loading...

अन्य समाचारहरु: