
काठमाडौं । फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ को छनोट खेलमा आज नेपाल र संयुक्त अरब इमिरेन्टस् ९यूएई० बीच प्रतिस्पर्धा हुँदैछ ।
खेल साउदी अरबको प्रिन्स मोहम्मद विन फैद स्टेडियममा राति पौने १० बजेदेखि सुरु हुनेछ । घरेलु मैदानमा खेल्नु पर्ने खेल देशको एकमात्र अन्तराष्ट्रिय दशरथ रगंशाला खेल्न अयोग्य हुँदा नेपालले तथष्ट भुमिका रुपमा साउदी अरबमा खेल्नु परेको हो ।
यसअघि यूएईसँगको पहिलो लेगमा नेपाल ४–० ले पराजित भएको थियो । छनोट अन्तर्गत यमनविरुद्धको खेल पनि नेपालले जेठ २९ गते साउदीमा नै खेल्नेछ । नेपालले यसअघि रगंशालाकै खराब अवस्थाका कारण बहराइनसँगको दुवै खेल उस्कै मैदानमा खेलेको थियो ।