Sat. Jun 22nd, 2024

बाग्मती प्रदेशमा चालू आर्थिक वर्षकै हाराहारीमा बजेट आउने

काठमाण्डौ – बाग्मती प्रदेश सरकारले आउँदो आर्थिक वर्षका लागि चालू आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयकाअनुसार आउँदो आर्थिक वर्षका लागि ६० अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी भएको हो ।

आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित गराइसकेको बाग्मती प्रदेश सरकारले असार १ गते बजेट ल्याउन लागेको छ । प्रदेश सरकारको आयस्तरलाई अधिकतम प्रयोग गरी बजेट निर्माण भइरहेको आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बताए ।

आर्थिक तरलता, न्यून आन्तरिक आय र सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान रकम कटौती भएकाले चालू आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी भइरहेको मन्त्री थपलियाको भनाइ छ । बजेटमा ठूला र बृहत् प्रकृतिका योजना तथा नागरिकको जीवनस्तरसँग जोड्ने कार्यक्रमलाई समेटिने उनले बताए।

About The Author

Loading...

अन्य समाचारहरु: