Sun. Jun 23rd, 2024

विद्युत् प्राधिकरणले ९ महिनामा ११ अर्ब रुपैयाँ नाफा कमायो

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८०र८१ को नौ महिनामा ११ अर्ब छ करोड रुपैयाँ बराबरको नाफा कमाएको छ । प्राधिकरणको चालू आर्थिक वर्षको चैत महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार यस अवधिमा बिजुली बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ९३ अर्ब ९४ करोड आम्दानी गरेको छ ।

प्राधिकरणले सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम सार्वजनिक गरेको विवरणअनुसार बिजुली खरिद, प्रशासनिक, आयोजनामा लगानीलगायतमा जम्मा ८२ अर्ब ८८ करोड रुपैयाँ खर्च भएको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः बिजुली बिक्री र खरिद तथा आयोजनामा हुने गरेको छ ।

प्राधिकरणले यस अवधिमा ११ अर्ब छ करोड रुपैयाँ नाफा ९करकट्टी गर्नुअघि अपरिष्कृत० आर्जन गरेको हो । गएको आर्थिक वर्ष २०७९र८० को त्यही अवधिमा प्राधिकरणको नाफा आठ अर्ब ८८ करोड रुपैयाँ थियो । गएको आर्थिक वर्षको मुनाफा १३ अर्ब ३७ करोड रुपैयाँ थियो ।

प्राधिकरणको सञ्जित मुनाफा ३३ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७२र७३ मा आठ अर्ब ८९ करोड रुपैयाँ वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूदेखि निरन्तर नाफामा छ । विद्युत् चुहावट नियन्त्रण, आन्तरिक रूपमा तथा भारतर्फको बिजुली निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि, खर्च नियन्त्रणलगायतले गर्दा प्राधिकरण चालू आर्थिक वर्षको नौ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको हो ।

प्राधिकरणले चालू आर्थिक वर्षको नौ महिनामा बिजुली बिक्रीबाट ६८ अर्ब ८९ करोड रुपैयाँ खुद सङ्कलन गरेको छ । यस अवधिमा देशभित्रका निजी क्षेत्रका ऊर्जा उत्पादकबाट र आफ्ना सहायक तथा सम्बद्ध कम्पनीबाट बिजुली खरिदका लागि ३८ अर्ब २० करोड रुपैयाँ भुक्तानी गरिएको छ ।

यस अवधिमा हिउँदयामको माग धान्न ११ अर्ब ५५ करोड रुपैयाँको बिजुली भारतबाट आयात गरिएको छ । आन्तरिक रूपमा खपत गरी बढी भएको १३ अर्ब ४२ करोड रुपैयाँ बराबरको बिजुली भारततर्फ निर्यात गरिएको प्राधिकरणले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: