Sun. Jun 23rd, 2024

अन्तरिक्षबाट पृथ्वीको सबैभन्दा स्मरणीय फोटो खिचेका एन्डर्सको मुत्यु

अन्तरिक्षबाट पृथ्वीको सबैभन्दा स्मरणीय फोटो खिचेका बिल एन्डर्सको विमान दुर्घटनामा मुत्यु भएको छ । अमेरिकाको वासिङटनमा पर्ने तटीय क्षेत्रमा सानो विमान दुर्घटना हुँदा एन्डर्सको ज्यान गएको बीबीसीले जनाएको छ । ९० वर्षका एन्डर्सले नै उडाइरहनुभएको विमानमा उहाँ एक्लै रहनुभएको स्थानीय प्रहरीले जनाएको छ ।

अपोलो ८ अन्तरिक्ष यात्राका क्रममा एन्डर्सलेले खिच्नुभएको अर्थराइज अर्थात् पृथ्वी उदाउँदै गरेको फोटोलाई अहिलेसम्मकै स्मरणीय र उदाहरणीय फोटो मानिन्छ । सन् १९६८ को अपोलो ८ मिसन अन्तरिक्षयात्रीसहित पृथ्वी छाड्ने र चन्द्रमाको कक्षमा पुग्ने पहिलो उडान थियो ।

पृथ्वी उदाउँदै गरेको फोटोमा हाम्रो ग्रह बलौटे चन्द्र सतहको क्षितिजबाट उदाउँदै गरिएको देखिन्छ । त्यही फोटोले विश्वव्यापी वातावरण आन्दोलनका लागि उत्प्रेरकको रूपमा काम गरेको र पृथ्वी दिवस शुरु गर्न प्रेरित गरेको मानिन्छ ।

About The Author

Loading...

अन्य समाचारहरु: