Wed. Jun 12th, 2024

एमाले नेत्रावती डवजोङ-५ को अध्यक्षमा इश्वर थापा मगर निर्वाचित

धादिङ-नेपाल कम्युनिष्ट पार्टी एमाले नेत्रावती डवजोङ गाउँपालिका वडा नम्बर ५ को वडा कमिटी अध्यक्षमा इश्वर थापा मगर निर्वाचित भएका छन् ।वडा कमिटीको शनिबार सम्पन्न दोस्रो अधिवेशनले थापा मगरलाई पुन: अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

१९ सदस्यीय वडा कमिटीको उपाध्यक्षमा कालू गुरुङ सचिवमा मेघमान बज्राचार्य, उपसचिव ब्र्न बहादुर अधिकारी र कोपिला शाक्य निर्वाचित भएका छन् । त्यसैगरी सदस्यमा शान्ती शाक्य,मञ्जु श्रेष्ठ,नबराज जम्कट्टेल (नेत्र) ,तारकेल तामाङ,रविना गुरुङ, होम बहादुर वि.क,राजु थापा,कान्छा काजी गुभाजु ,प्रमिला बज्राचार्य ,हरीमाया गुरुङ,हस्तमाया मगर,पदम बहादुर गुरुङ,अर्जुन सिंखडा,नर बहादुर गुरुङ चयन भएका छन् ।

अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेकपा एमाले प्रदेश कमिटी सदस्य एवं धादिङ क्षेत्र नम्बर २ का इन्चार्ज कृष्ण लामा, जिल्ला कमिटी सचिवालय सदस्य एवम् नेत्रावती डबजोङ गाउँपालिकाका इन्चार्ज भरत ढुंगाना, नेत्रावती डवजोङ गाउँपालिकाका कमिटीका अध्यक्ष दुर्गा कुमार शाक्यलगायतका नेताहरुले आगामी निर्वाचनमा नेत्रावतीका सबै वडामा एमाले पहिलो पार्टी बन्ने र अघिल्लो पटक निर्वाचित एमालेका जनप्रतिनिधिले थालेका विकासका कामले पुर्णता पाउने बताए । हाल निर्वाचित वडा तथा पालिका कमिटीले संगठनलाई सुदृढ बनाउन नेतृत्वदायी भुमिका खेल्ने पनि विश्वास व्यक्त गरे ।

About The Author

Loading...

अन्य समाचारहरु: