Wed. Jun 19th, 2024

त्रिपुरासुन्दरीमा बाबुकृष्ण श्रेष्ठ सर्वसम्मत निर्वाचित

धादिङ-नेकपा एमाले त्रिपुरासुन्दरी गाउँपालिका अधिवेशन सल्यानटारमा शनिबार बाबुकृष्ण श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गर्दै सम्पन्न भएको छ । ३९ सदसिय पालिका कमिटिको उपाध्यक्षमा कमल थापा, सचिवमा राजुराना, उपसचिवमा संगिता कुमाल, शिशिर दनै सर्वैसम्मत रुपमा निर्वाचित भएको हो ।
नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज धर्मदत्त देवकोटाले अधिवेशनको उद्घाटन गर्दै नेकपा एमाले मिसन ८४ का लागि लागि परेको बताए ।

एमालेले धादिङका १३ पालिकाको अधिवेशन सम्पन्न गरिसकेकोले मिसन ८४ मा एमाले अब्बल बनेर जनताको लागि काम गर्ने बताए ।
नेकपा एमाले केन्द्रीय सदस्य खेम लोहनीले गाउँमा विकास गर्न सकिन्छ भनेर सुरुवात गरेको बताउँदै आगामी निर्वाचनमा एमाले सबै क्षेत्रमा जित्ने दावी गरे ।

नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले जनताको बहुदलिय जनवादलाई व्यवहारिक रुपमा लागुगर्दै जनताको पक्षमा एमालेले जति काम कसैले पनि नगर्ने ठोकुवा गरेका हुन् ।


नेकपा एमाले संगठन सुदृढिकरणमा देशभरमै अब्बल भएको बताउँदै धादिङका १ सय ४ वडा मध्ये ५६वडा अधिवेशन समेत सम्पन्न भइसकेको बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: