Mon. Jan 13th, 2025

नुवाकोटमा पहिरो, ५ जनाको मृत्यु

nuwakot1

११ भदौ, नुवाकोट – नुवाकोटमा पहिरो जाँदा ५ जनाके मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

नुवाकोटकोगोस्र्याङ गाविस वडा नम्बर दुईको काभ्रेमा बिहीबार राति अविरल वर्षासँगै पहिरो गएको हो ।

पहिरो खस्दा ३६ वर्षका सोमबहादुर तामाङ, उनकी श्रीमती ३५ वर्षकी सुकमाया तामाङ, ३५ वर्षका फुर्कमाया तामाङ, ११ वर्षका केशव तामाङ, आठ वर्षका पूर्ण तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

पहिरोमा परी १७ वर्षका छिरिङ तामाङ, २१ वर्षकी माया तामाङ, उमेर नखुलेका अशोक तामाङ, १२ वर्षका मनमाया तामाङ, आठ वर्षकी सञ्जुमाया तामाङ र ३५ वर्षका सुन्दरमान तामाङ घाइते भएका छन् ।

About The Author

अन्य समाचारहरु: