Wed. Sep 11th, 2024

ज्योति मगरको प्रश्न: सभ्य दोहोरीगीतको मापदण्ड के हो ?

काठमाडौं । ‘अभद्र र अर्मादित’ गीत गाएको भन्दै केही दिनअघि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले १२ जना दोहोरी कलाकारलाई स्पष्टीकरण सोध्यो ।

उनीहरुले गाएका गीतलाई सात दिनभित्र युट्युब लगायतका प्लाटफर्मबाट हटाउन समेत प्रतिष्ठानले अल्टिमेटम दिएको छ ।

गत साता प्रतिष्ठानले अपाच्य गीत गाएको आरोपमा बालचन्द बराललाई ६ महिनाको लागि निलम्बन गरेको छ । दोहोरीगीतलाई मर्यादित र सभ्य बनाउने भन्दै प्रतिष्ठानले सक्रियता बढाएपछि यसलाई लिएर टीकाटिप्पणी भइरहेको छ ।

यो बहसमा लोकदोहोरी गायिका ज्योति मगरले प्रतिष्ठानप्रति आक्रोशित प्रतिक्रिया दिएकी छन् । उनले सभ्यता र प्रस्तुतिको मापदण्ड के हो रु भन्ने जवाफ माग्दै प्रतिष्ठानको नेतृत्वलाई प्रश्न सोधेकी छन् ।

उनी लेख्छिन्, ‘लौ मानियो, गीत बिग्रियो, प्रस्तुतीकरण मिलेन । अब तिमी जवाफ देऊ, यसको मापदण्ड के हो रु प्रस्तुतिको डेफिनेसनसहित मापदण्डलाई प्रकाश पारिदेऊ ।’

स्वतन्त्र कलाकारलाई स्पष्टीकरण सोधिएकोप्रति पनि ज्योतिको आपत्ति छ ।

About The Author

अन्य समाचारहरु: