Wed. Jun 12th, 2024

शेयर बजार दोहोरो अङ्कले बढ्यो ,३३ साढे ५ अर्ब रुपैयाँको कारोबार

काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव १५ अङ्कले बढेर २ हजार १ सय १५ दशमलव २४ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा बीमा, हाइड्रोपावर, व्यापार, विकास बैंक, माइक्रोफाइनान्स, फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज वरुण हाइड्रोपावर, ग्रीन भेन्चर्स, कुथेली बुखारी हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन साम्लिङ पावर कम्पनीको शेयर भने साढे ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज ३ सय ११ वटा कम्पनीका १ करोड २६ लाख कित्ता शेयर ५ अर्ब ५५ करोड रुपैयाँमा कारोबार भएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: