Sun. Sep 8th, 2024

हेटौँडामा बालबालिकालाई श्रमिकका रूपमा काममा लगाउनेलाई कारबाही

काठमाण्डौ – बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने १५ उद्योग, प्रतिष्ठान तथा रोजगारदातालाई श्रम तथा रोजगार कार्यालय हेटौँडाले कारबाही गरेको छ ।

चालू आर्थिक वर्ष २०८०र८१ को १० महिनाको अवधिमा गरिएको अनुगमनका क्रममा बालबालिकालाई श्रमिकका रूपमा काममा लगाउने १५ प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरिएको कार्यालयका प्रमुख छन्दनारायण श्रेष्ठले जानकारी दिए ।

उहाँकाअनुसार प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरी ३७ हजार सात सय रुपैयाँ जरिबाना र तीन लाख ४० हजार सात सय १२ रुपैयाँ क्षतिपूर्ति तिराइएको छ । यो अवधिमा विभिन्न उद्योग प्रतिष्ठानबाट श्रमिकका रूपमा रहेका २२ बालबालिकाको उद्धार गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताए ।

About The Author

अन्य समाचारहरु: