Fri. Jul 19th, 2024

नेपाललाई यु–१९ साफ च्याम्पियन्सिपको उपाधि

U-19-Team-650x313
१२ भदौँ, धादिङ  – यु–१९ साफ च्याम्पियन्सिपको उपाधि नेपालले जितेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)  कम्प्लेक्सको खेल मैदानमा शनिबार भएको फाइनल खेल नेपाल भारत बराबरीमा भएपछि खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टी सुट आउटमा नेपालले विजयी हाँसिल गरेको हो । नेपालले ३१ औं मिनेटमा गोल गरेको थियो । कर्नरमा आएको बलमा अनन्त तामाङले गरेको हेड भारतीय गोलरक्षकले रोकेका थिए । तर, बाउन्स भएको बलमा तेज तामाङले गोल गरेका हुन् । त्यसअघि अन्जनको प्रहार भारतीय गोल रक्षकले मुस्किलले बचाएपछि नेपालले कर्नर पाएको थियो । खेलको दोस्रो हाफको अन्तिममा नेपालले गोल खाएको थियो । ८७ मिनेटमा भारतले पेनाल्टीमा गोल गरेको हो ।

पहिलो पटक भएको यु १९ साफ च्याम्पियन्सिपमा नेपाल बलियो प्रतिद्धन्द्वी भारतलार्इ पराजित गर्दै उपाधि जितेको हो । जितसँगै नेपाली फुटबलमा रहेको दुर्इ दशकदेखि उपाधिको खडेरी टरेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: