Fri. Dec 6th, 2024

शिक्षामन्त्री श्रेष्ठविरुद्ध विदेशको पीआर लिएको उजुरी

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठविरुद्ध राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ । उजुरीमा मन्त्री श्रेष्ठले विदेशको पीआर लिएको भन्दै छानबिनको लागि अनुरोध गरिएको छ ।

उजुरीका आधारमा सतर्कता केन्द्रले मन्त्री श्रेष्ठलाई पत्र पठाई यथार्थ जानकारी मागेको छ । केन्द्रको पत्र पाएपछि मन्त्री श्रेष्ठले बुधबार सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै लेखेकी छन्, “म नेपालको नागरिक हुँ, कुनै अन्य देशको पीआर वा नागरिकता लिएकी छैन ।”
उनले सामाजिक सञ्जाल एक्समा थप लेखेकी छन्, “ट्याबलोइड सञ्चारमाध्यममा सीमित रहँदासम्म जवाफ दिन जरुरी ठानिन तर, राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेकोले जवाफ दिएकी छु । आरोप आफैँमा अस्पष्ट छ, कुन देशको पीआर वा नागरिकता भनेर पनि खुलाइएको छैन र पूर्णतः निराधार छ, तर छानबिनमा पूरा सहयोग गर्नेछु ।”

आरोप के प्रमाणको आधारमा लगाइयो, लगाउनेको नियत र कस्तो बेला ल्याइयो जस्ता प्रश्न गर्न उनले आफ्ना प्रशंसकलाई अनुरोध गरेकी छन्

About The Author

अन्य समाचारहरु: