काठमाडौं । गएराति चितवन पहिरोमा परेर बेपत्ता बनेको एन्जल डिलक्स बसमा चालकसहित २४ जना यात्रु रहेको खुलेको छ । त्यसमा केही यात्रु भारतीय पनि थिए ।
वीरगञ्जदेखि काठमाडौंका लागि छुटेको प्रदेश ०३००६ ख १५१६ नं. को बस आज बिहान चितवनको सिमतालमा पहिरोमा परेको थियो । बसमा बीच बाटोमा यात्रु चढेका थिए वा थिएनन् भन्ने एकीन भइसकेको छैन ।
चालक जवाहिर महताले हाँकेको उक्त बस वीरगञ्जबाट बिहीबार साँझ ८ बजे काठमाडौंका लागि छुटेको थियो । बसमा हेल्पर राजकुमार लागिछाने र सहचालक चौधरी थर गरेका एक जना पनि रहेको बसको चलानीमा उल्लेख छ ।