Sat. Feb 8th, 2025

गृहमन्त्री लामिछाने भन्छन्-‘निर्मला पन्त प्रकरणको अनुन्धान निष्कर्षमा पुग्नै लागेको छ’

काठमाडौं – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान निष्कर्षमा पुग्नै लागेको बताएका छन् । आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा लामिछानेले आफू मन्त्री भएका बेला यो घटनाको अनुसन्धान निश्कर्षको नजिक पुगेको दाबी गरे ।

गृहमन्त्री लामिछानेले भने, “मैले नभनौं भनेको तर भन्नैपर्ने निर्मला पन्तको विषयमा अत्यन्तै नजिक पुगेका छौं । बारम्बार मलाई सोधियो तर मैले कहिले पनि भनिन । किनकी रिजल्ट आओस् अनि भनौ‍ला भनेर । हामी कति नजिक पुगेका छौं, सुरक्षा निकायलाई थाहा छ । मलाई क्रेडिट चाहिँदैन । सबै क्रेडिट नेपाल प्रहरीले लिओस् ।’

उनले जीबी राई पक्राउका लागि इन्टरपोलसँग निरन्तर संवादमा रहेको सुनाउँदै भने, “दुईपटक त मेरो मलेसियाका गृहमन्त्रीसँग कुराकानी भयो । त्यहाँका गृहमन्त्रीसँग भएको छलफल जतिखेर पनि जानकारी गराउन तयार छु ।”

लामिछानेले आफ्नो कार्यकालमा राईलाई पक्राउ गर्न नसके पनि प्रधानमन्त्रीको तहबाट प्रयास गर्ने कुराकानी हुँदै गर्दा सरकार परिवर्तन हुन लागेको बताए ।

About The Author

अन्य समाचारहरु: