Fri. May 16th, 2025

बंगलादेशमा कर्फ्यु घोषणा

काठमाडौं -बंगलादेशमा प्रदर्शन र झडपका घटना बढेपछि कर्फ्यु घोषणा गरिएको छ । प्रधानमन्त्री कार्यालयले देशव्यापी कर्फ्यु घोषणा गरेको हो ।

राजधानी ढाकालगायत धेरै सहरमा केही दिनदेखि जारी हिंसालाई ध्यानमा राख्दै ठूलो मात्रामा सुरक्षा बल तैनाथ गरिएको बीबीसीले जनाएको छ ।

प्रहरी र आन्दोलनकारीबीच धेरै ठाउँमा झडप भएको छ । शुक्रबार नरसिङदीको कारागारमा आक्रमण भएको थियो । उक्त कारागारबाट सयौं कैदी भागेका छन् ।

सरकारका प्रेस सेक्रेटरी नइमुल इस्लाम खानले शान्तिसुरक्षा कायम गर्न सेना परिचालन गरिने बताएका छन् ।

बंगलादेशमा आरक्षण विरोधी विद्यार्थी आन्दोलन चर्किएको हो । आन्दोलनमा दोहोरो झडप हुँदा ३५ जनाको मृत्यु भइसकेको छ ।

About The Author

अन्य समाचारहरु: