Mon. Apr 15th, 2024

यू-१९ एसीसी प्रिमियर क्रिकेटः नेपालद्वारा मलेसिया ८ विकेटले पराजित

U-19_cricket_team

१४ भदौ, धादिङ – यू-१९ एसीसी प्रिमियर क्रिकेटको तेस्रो खेलमा नेपालले आयोजक मलेसिया माथि जित हाँसिल गरेको छ । ७६ रनको लक्ष्य पच्छ्याएको नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको हो ।

नेपालले २ सय १२ बल बाँकी छँदै १४ दशमलव ४ ओभर मै २ विकेटको क्षतीमा लक्ष्य भेटायो । नेपालका लागि राजिव सिंहले ५ चौकाको मद्धतमा ३३ रनको योजदान गरे ।

६ चौका हानेका आषिश धामी ३८ रनमा नट आउट रहे । ओपनर सुनील धमला भने ३ रनमा आउट भए । यसअघि क्वालालाम्पुरमा रहेको वायुमास ओभलमा टस जितेर पहिलो ब्याटिङ रोजेको मलेसियाले ३८ ओभरमा ७५ रन जोडदा अल आउट भयो । मलेसियाका तीन जना खेलाडी बाहेक अरुले दोहोरो अंकको स्कोर जोड्न सकेनन् ।

मलेसियाका पवनदीप सिंहले सर्वाधिक १७, शंकर सतिष्ठाले १३ रन जोडे भने ३ जनाखेलाडी शून्य रनमा आउट भए । नेपालका आरिफ शेखले सर्वाधिक ४ दिपेश श्रेष्ठ र दिपेन्द्र सिंह ऐरिले समान दुई दुई तथा सुशील कडेलले एक एक विकेट हात पारे भने मलेसियाको एक जना खेलाडी रन आउट भए । नेपाल यसअघि युएइलाई १ सय ४९ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा अपगानिस्तानसँग १० विकेटले हारेको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: