Sat. Jul 19th, 2025

राष्ट्रपतीय निर्वाचनको दौडबाट पछि हटे अमेरिकी राष्ट्रपति, ट्रम्पद्वारा बाइडेन पराजित भएको टिप्पणी

अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्दै आफू आगामी राष्ट्रपतीय निर्वाचनको दौडबाट पछि हटेको बताएका छन् । ह्वाइट हाउसबाट गरिएको सम्बोधनमा पार्टी र मुलुकलाई एकताबद्ध गर्न राष्ट्रपतीय दौडबाट पछि हटेको जानकारी दिएका छन् ।

८१ वर्षीय बाइडेनले अमेरिका परिवर्तनको संघारमा रहेको जनाएका छन् । उनले भने, ‘नयाँ पुस्तामा नयाँ आशा हस्तान्तरण गर्ने समय भएकाले यस्तो निर्णय गरिएको हो । उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीको राष्ट्रपतिको उम्मेदवार बन्नेछिन् ।’

बाइडेनको उक्त घोषणापछि ट्रम्पले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै राष्ट्रपतिको पराजय भएको टिप्पणी गरेका छन् । उनले उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीका उम्मेदवार एवम् आगामी निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी कमला ह्यारिसलाई अतिउदारवादीको संज्ञा दिँदै आप्रवासीको आगमनप्रति व्यंग्य गरेका छन् ।

About The Author

अन्य समाचारहरु: