
काठमाडौं – त्रिशूली नदीमा हराइरहेको बस खोज्न भारतबाट आएको उद्धार टोली ९एनडिआरएफ० लाई आज बिदा गर्ने तयारी भएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भारतीय टोलीबाट अहिलेसम्म भए गरेका कामहरूको समीक्षा गरिने एनडिआरएफ टोलीलाई आजै बिदा गरिने सम्भावना रहेको बताए ।
उनका अनुसार नेपालको विपद व्यवस्थापन, खोज तथा उद्धार कार्यमा गरेको योगदानका लागि धन्यवादसहित भारतीय टोलीलाई बिदाई गरिनेछ ।
असार २८ गते बिहान साढे ३ बजेतिर त्रिशूली नदीमा दुईवटा बसहरु खसेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोलीले सोही दिनदेखि उद्धारको काम सुरु गरेको थियो । नेपालमा उपलब्ध सबै प्रविधिको प्रयोग गरेर खोजी गरेपनि बस र यात्रु नभेटिएपछि सरकारले उद्दारका लागि छिमेकी मुलुकको सहयोग मागेको थियो ।
नेपाल सरकारको आग्रहमा भारत सरकारले एनडिआरएफको १२ सदस्यीय टोली पठाएको थियो । साउन ५ गते भरतपुर आइपुगेका उनीहरुले भोलिपल्टदेखि नदीमा पुगेर काम सुरु गरेका थिए। शनिबारसम्म पनि बसबारे केही पत्ता नलागेपछि उनीहरुलाई बिदा गर्न लागिएको हो ।
बसमा ६२ जना यात्रु वेपत्ता रहेका अनुमान गरिएकोमा अहिलेसम्म २५ जनाको मात्र शव भेटिएको छ । बस र अन्य यात्रुको अवस्था अज्ञात छ ।