Wed. Dec 4th, 2024

सिमलताल दुर्घटना: बस र यात्रुको खोजीमा चीनसँग सहयोग माग्ने तयारी

काठमाडौँ- सिमलताल पहिरोले बगाएर बेपत्ता रहेका दुई बस र यात्रुको खोजीको लागि चीन सरकारलाइ अनुरोध गरिने भएको छ। संसदीय समितिले गत असार २८ गते आएको बाढीका कारण नारायणघाट मुग्लिन सडक अन्तर्गत चितवनको सिमलतालमा पहिरोले बगाएर बेपत्ता रहेका दुई बस र यात्रुको खोजीका लागि चीनलाई अनुरोध गर्ने तयारी गरेको हो।

बुधबार संसद्को राज्य व्यवस्था समितिको सिमलताल दुर्घटनामा बेपत्ता दुई बस र यात्रुको खोजीमा सघाउन चीन सरकारलाई अनुरोध गर्ने तयारी भइरहेको समितिका एक सदस्यले जानकारी गराएका हुन्। दुई बसमा ६५ यात्रु रहेकोमा ३ जनाले आफ्नो ज्यान बचाएका थिए भने अहिलेसम्म २४ जनाको शव फेला परेको छ । त्यस्तै ३८ जनाको अवस्था अझै अज्ञात छ।

यसअघि भारतीय टोलीले दुर्घटनास्थल आएर खोजी गरेको थियो। तर, बस खोजी गर्ने क्रममा गत शनिबार १९ किलोको चुम्बक र लाइफ ब्वाई ट्युब त्रिशूली नदीले बगाएपछि भारतीय टोली फर्किएको थियो।

उक्त समितिका सभापति कांग्रेस सांसद रामहरि खतिवडाले मंगलबारको संसद बैठकमा चिनियाँ राजदूत छन् सोङले सिमलतालमा त्रिशूली नदीमा खसेको बसका सम्बन्धमा कूटनीतिक मर्यादा विपरीत अभिव्यक्ति दिएको टिप्पणी गरेका थिए।

About The Author

अन्य समाचारहरु: