Fri. Jul 19th, 2024

झडपपछि पर्सालाई दंगाग्रस्त क्षेत्र घोषणा

Nepal-Army

१५ भदौ, वीरगञ्ज -आन्दोलन हिसात्मक बनेपछि पर्सा जिल्लालाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ । साथै त्यस क्षेत्रमा सुरक्षाका लागि सेना परिचालन गरिएकने छ ।

आन्दोलनरत मधेसी मोर्चा र प्रहरीबीच वीरगंज र बारामा झडप भएको छ । झडपमा प्रहरीको गोली लागि अहिलेसम्म वीरगञ्जमा ३ र बारामा एक गरि चार जनाको आन्दोलनकारीको मृत्यु भएको छ ।

वीरगन्‍जमा मुनियारीका धर्मराज सिंह, दिनानाथ शाह र सोहनसा कलबारको मृत्‍यु भएको छ भने कलैयामा २० वर्षिय हिफाजत मिया अन्सारीको मृत्यु गएको छ। झडपमा दर्जन बढी आन्दोलनकारी घाइते भएको बताईएको छ । मंगलवार बिहानैदेखि वीरगञ्ज र कलैया दुवै तनावग्रस्त छन्।

About The Author

Loading...

अन्य समाचारहरु: