Fri. Feb 7th, 2025

एमालेले सातै प्रदेशमा तोक्यो इन्चार्ज

काठमाडौं – नेकपा एमालेले सातै प्रदेशमा इन्चार्ज तोकेको छ । बिहीबार हनुमानस्थानस्थित होटेल बसेरामा बसेको सचिवालय बैठकले जिम्मेवारी हेरफेर गर्दै इन्चार्ज तोकेको हो ।

एमाले महासचिव शंकर पोखरेलका अनुसार कोसी प्रदेशमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, वाग्मतीमा राजन भट्टराईलाई जिम्मा दिइएको छ ।

त्यस्तै, गण्डकीमा किरण गुरूङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएका छन् ।

About The Author

अन्य समाचारहरु: