Tue. Oct 8th, 2024

कोरियन भाषा परीक्षा पास गर्नेले भदौमा सीप देखाउनु पर्ने

दक्षिण कोरियामा उत्पादनमूलक क्षेत्रतर्फ रोजगारीका लागि जान लिइएको पहिलो चरणको भाषा परीक्षामा उत्तीर्ण हुनेहरुको दोस्रो चरणको परीक्षा मिति तोकिएको छ । वैदेशिक रोजगार विभागअन्तर्गत ईपिएस कोरिया शाखाले दोस्रो चरणको सीप तथा योग्यता परीक्षण परीक्षा मिति सार्वजनिक गरेको हो ।

आगामी भदौ १८ देखि भदौ २५ गतेसम्म ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा परीक्षा सञ्चालन हुने शाखाले जनाएको छ । शाखाले तोकिएको दिन आफ्नो सक्कल राहदानी र प्रवेश पत्र लिएर परीक्षा केन्द्रमा उपस्थित हुन सूचित गराएको छ । सो परीक्षामा सहभागी नहुनेलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षाको उत्तीर्ण सूचीमा समावेश नगराइने शाखाले स्पष्ट पारेको छ ।

‘फर्स्ट राउण्डको कोरियन भाषा परीक्षाको नतिजामा उत्तीर्ण हुनुभएका परीक्षार्थीहरुको सेकेण्ड राउण्डको स्किल टेस्ट एण्ड कम्पिटेन्सी टेस्टको परीक्षा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा मिति २०८१ भदौ १८ देखि भदौ २५ सम्म सञ्चालन हुनेछ’,आज जारी सूचनामा उल्लेख छ ।

About The Author

अन्य समाचारहरु: