सुनिता तामाङ –
कथा पूरानो, इतिहास हाम्रो,
राम्रो थियो यो अथवा नराम्रो
म पढ्न पाँउ युगको कहानी
कालो थियो त्यो पहिलो विहानी
वीरता खुकुरी हैन वीरता मनको बल
खुकुरी पनि राखेर बन्छ जीवन उज्वल
जन्मले कर्मको भाग्य लेख्नु हन्न कसैगरी
कर्मको पसिना विन्दु पूजा गर्छु सधैँभरी
म धैर्यता देख्न चाहन्न जसले मान्छे रुवाउँछ
म मान्छे देख्न चाहन्न जसले मान्छे रुवाउँछ
के हो सम्पन्नता
के हो कुलीनता
के हो झुपडीवाद
झुपडीको सन्तोषको दियोवार किन आउँदैन उज्यालो
किन्न बल्दैन टुकी
म दियालो हुँ
म सल्ला हुँ खोटो बलेको
म सातिसाल हुँ चारकोसे झाडीको
आयो अगाडी जल छेउ आयो
छाएर पानी मन खोल्न आयो
आमा नमिठो कसरी म बोलु
छत्ती दुखेको कसरी म खोलू
छोराबगायो तर बाच्न जान्यो
आँसु बगायो तर हाँस्न जान्यो
हाँस्यौ हँसायौ तर स्वार्थ साँच्यो
बिर्सेर खोला तीरमा उदायौँ
पहाड बोल्दछन् झरना सुसाई
पग्लेर झर्छन् हिउँमा नुहाई
यी मुक्तिदाता हिउँका कुनमा
बास्छन् सबैमा परिपूर्णतामा
संसार तिम्रै सब सुख तिम्रा
हारेर बाच्छौँ सब दुख तिम्रा
मिति नरोए पनि रुन्छ धत्र्ती
तिम्ले नछोएको मुटु हुन्छ धत्ती