धादिङ– विभिन्न क्षेत्रमा क्रियाशिल युवाहरुलाई ‘युवा र प्रविधि विषयक’क्षमता विकास तालिम दिइएको छ । २५ औं अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर गैर सरकारी संस्था महासंघ धादिङले तालिम दिएको हो ।
दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहँुच अभिवृद्धि गराउने उद्देश्यले आयोजना गरिएको तालिममा आपराधिक घटनामा प्रविधिको प्रयोगको अवस्था र कानूनी प्रावधानहरु, बदलिदो परिवेशमा प्रविधिको प्रयोग र आम्दानीका अवसरहरुबारे जानकारी गराइएको छ ।
रोयम नेपाल, फोकस नेपाल तथा नागरिक आवाजसंग सहकार्यमा आयोजना गरिएको तालिममा विभिन्न संघ संस्थाबाट प्रतिनिधित्व गरी युवाहरु सहभागी थिए ।