धादिङ– धादिङकी ३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना प्रहरी जवान विरुद्ध मुद्दा दर्ता भएको छ । पीडितले दिएको उजुरीका आइतबार पक्राउ गरी जबरजस्ती करणीमा मुद्दा चलाएको हो ।
गुल्मी जिल्ला इस्मा गाउँपालिका–२ निवासी ३२ वर्षीय फुर्सा बहादुर मुखियाले महिलालाई २०८१ असार १० गते पीडितको घरमै गएर बलात्कार गरेको उजुरीमा उल्लेख छ । आइतबार पक्राउ गरी आइतबार नै मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।
पीडितले जिल्ला प्रहरी कार्यालय धादिङमा साउन २१ गते उजुरी दिएका थिए । घटनाको अनुसन्धान गर्न जिल्ला अदालत धादिङले ७ दिनको म्याद दिएको छ । पीडितको धादिङ अस्पतालमा साउन २१ गते स्वास्थ्य परिक्षण भएको थियो ।