Mon. Sep 16th, 2024

सभामुखले हरि ढकाललाई बोल्दा बोल्दै रोकेपछि संसद्‍मा तनाव

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद हरि ढकालले मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दा सभामुख देवराज घिमिरेले ‘रुलिङ’ गरे । उनको रुलिङपछि रास्वपाले विरोध जनाएको छ ।

आकस्मिक समयमा सभामुखले विषयमा केन्द्रित हुन ध्यानाकर्षण गराउँदा रास्वपाका सांसदले आसनबाट उठेर विरोध जनाए ।

सांसद ढकालले सडकबारे धारणा राखेका थिए । उनले भ्रष्टाचारको प्रकोपका कारण पनि सडक भत्किएको बताए । उनले भ्रष्टाचारको विषय आकस्मिक हुने भन्दै विद्युत्बारे धारणा राख्न थाले ।

त्यसैबीच, सभामुख घिमिरेले रास्वपाका सभापति रवि लामिछानेलाई बोल्न समय दिए । लामिछानेले ढकालले विद्युत् महसुल भन्दा बोलिरहेको माइकको लाइन काटिनु आपत्तिजनक भएको बताए । उनले ढकाललाई आफ्नो धारणा राख्न दिन आग्रह गरे ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङदेनले आकस्मिक समयमा बोल्न पाउने विधि बिगारिएको बताए । उनले जनताका प्रतिनिधिले आफ्ना विषय राख्न पाउने जिकिर गरे । निश्चित विषयमा बोल्न पाउने र नपाउने भन्ने मान्य नहुने उनले बताए ।

About The Author

अन्य समाचारहरु: