Mon. Sep 16th, 2024

बिरामी लिएर काठमाडौं आउँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण

पोखराको मणिपाल अस्पतालबाट दमको बिरामी बोकेर काठमाडौ आउँदै गरेको कैलास हेलिकप्टर सर्भिसेजको ९ एन–ए.एम.एल हेलिकप्टर । तस्बिर सौजन्य : युवराज खतिवडा

धादिङ । पोखराबाट बिरामी लिएर काठमाडौं आउँदै गरेको हेलिकप्टर मौसम खराबीका कारण धादिङमा आकस्मिक अवतरण गरिएको छ ।

ठूलो पानी परेको र बादलले गर्दा धादिङको थाक्रे गाउँपालिका–७ आठकिलो भन्ने ठाउँमा सुरक्षित अवतरण गराएको हो । पोखराको मणिपाल अस्पतालबाट दमको बिरामी बोकेर काठमाडौ आउँदै गरेको कैलास हेलिकप्टर सर्भिसेसको ९ एन–ए.एम.एल हेलिकप्टर खाली चौरमा अवतरण गरिएको थाक्रे गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष युवराज खतिवडाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रका अनुसार खराब मौसमका कारण काठमाडौतर्फ जान जोखिम बढेपछि पाइलटले सुरक्षित ठाउँमा अवतरण गराएको हो ।

About The Author

अन्य समाचारहरु: