Wed. Dec 4th, 2024

विश्व वरियतामा नेपाल १ सय ८५ औँ स्थानमा

nepal-youth-u-19-football-team

१७ भदौ, काठमाडौं – विश्व फुटबल महासंघ ९फिफा०ले सार्वजनिक गरेको नयाँ वरियता क्रममा नेपाल एक स्थान तल झरेको छ ।

बिहीबार सार्वजनिक वरियता क्रममा नेपाल १८५ औं स्थानमा छ । नेपाल सार्क देशहरुमा सबैभन्दा पछाडि छ ।

सार्क देशको शीर्ष स्थानमा अफगानिस्तान छ । अफगानिस्तान १३० औं स्थानमा छ । भारत एक स्थानमाथि उक्लिएर १५५ औं नम्बरमा पुगेको छ ।

भुटान १६४ औं स्थानमा कायमै छ । पाकिस्तान एक स्थान माथि उक्लिएको छ र १७० औं नम्बरमा छ । तीन स्थान तल झरेको बंगलादेश १७३, दुई स्थानतल झरेको माल्दिभ्स १७७ र दुई स्थान तल झरेको श्रीलंका १८४ औं स्थानमा छ ।

फिफाको विश्व वरियतामा शीर्ष सात टीममा कुनै परिवर्तन भएको छैन । अर्जेन्टिना शीर्ष स्थानमा छ । बेल्जियम दोस्रो, जर्मनी तेस्रो, कोलम्बिया चौथो, ब्राजिल पाँचौ, पोर्चुगल छैटौं र रोमानिया सातौं स्थानमा छ ।

चिली दुई स्थानमाथि उक्लिएको छ र आठौं नम्बरमा छ । वेल्स नवौं नम्बरमा छ भने दुई स्थान तल झरेको इंग्ल्याण्ड दशौं नम्बरमा छ । फिफा वरियतामा वेल्सले इंग्ल्याण्डलाई उछिनेको यो पहिलो पटक हो ।

About The Author

अन्य समाचारहरु: