Mon. Sep 16th, 2024

चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा दिन नपाउने विद्यार्थीको पैसा फिर्ता गरिने

काठमाडौं – चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा दिन नपाउने विद्यार्थीहरूको पैसा फिर्ता गर्ने भएको छ । कक्षा १२ को नतिजा प्रकाशन नहुँदै फाराम भरेको र नतिजामा नन ग्रेडेड ९एनजी० आएका विद्यार्थीहरूले तिरेको शुल्क फिर्ता गर्ने भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनमा आयोगले एनजी आएर आयोगको परीक्षा दिन नपाउने विद्यार्थीले तिरेको आवेदन शुल्क फिर्ता गर्न निर्देशन दिएको थियो । सोही आधारमा आयोगले एनजी आएर प्रवेश परीक्षा दिनबाट वञ्चित हुने विद्यार्थीको आवेदन शुल्क फिर्ता गर्न लागेको आयोगले जनाएको छ ।

भदौ १ गतेदेखि आयोगले दिने एकीकृत प्रवेश परीक्षा हुँदैछ । त्यसका लागि गत जेठ २८ गते नै सूचना जारी गरेको परीक्षाका लागि आवेदन आह्वान गरेको थियो । त्यसमा ५१ हजार ७०० विद्यार्थीले आवेदन फारम भरेका थिए ।

तीमध्ये दुई हजारभन्दा बढी विद्यार्थीको कक्षा १२ को नतिजा एनजी आएको देखिएको थियो । नतिजा एनजी आएका विद्यार्थीहरूले प्रवेश परीक्षा दिन नपाउने आयोगले जनाएको छ ।

त्यस्तै पुनर्योगका लागि आवेदन दिएका विद्यार्थीहरूले समेत उक्त परीक्षा दिन नपाउने देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले पुनर्योगको नतिजा प्रकाशनमा ढिलाइ गर्दा उनीहरू यो अवसरबाट वञ्चित हुन लागेका हुन् ।

बोर्डले साउन १८ गते कक्षा १२ को नतिजा सार्वजनिक गरेको थियो । आयोगले प्रवेश परीक्षाका लागि आवेदन दिँदा न्यूनतम २।४ जीपीए र कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख थियो । एनजी आएका विद्यार्थीहरूको हकमा परीक्षामा सहभागी गराउन नसकिने आयोगले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: