Mon. Sep 16th, 2024

पाकिस्तान र बङ्गलादेशबीचको दोस्रो टेस्ट क्रिकेट दर्शकविना हुने

काठमाण्डौ – पाकिस्तान र बङ्गलादेशबीचको दोस्रो टेस्ट क्रिकेट दर्शकविना हुने भएको छ । पाकिस्तान र बङ्गलादेशबीचको दोस्रो तथा अन्तिम टेस्ट यही अगस्ट ३० मा हुँदैछ ।

कराँचीको नेशनल स्टेडियममा निर्माण कार्य चलिरहेका कारण पाकिस्तान क्रिकेट बोर्ड ९पीसीबी० ले दर्शकविना खेल गराउने निर्णय लिएको क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ ।

आउँदो वर्षको फेब्रुअरीरमार्चमा हुने आईसीसी च्याम्पियन्स ट्रफीको तयारी स्वरूप कराँचीमा निर्माण कार्य चलिरहेको हो । च्याम्पियन्स ट्रफी अन्तर्गत कराँचीसहित लाहोर र गद्दाफी स्टेडिममा पनि निर्माणको काम चलिरहेको छ ।

About The Author

अन्य समाचारहरु: