१८ भदौ, बर्दिया – प्रहरी हवल्दार देवबहादुर पाण्डेको हत्यामा संलग्न आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मैनापोखर -८ बस्ने नरेश थारु, ५५ वर्षीय रामहरथ थारु र १९ वर्षीय अविनाश थारु रहेको प्रहरीले जनाएको छ ।
बर्दिया स्थित मैनापोखरमा जबरजस्ती प्रहरी चौकीभित्र प्रवेश गर्न खोजेपछि दुई पक्षबीच झडप भएको थियो । झडपमा चौकीमा कार्यरत हवल्दार देबबहादुर पाण्डे घाइते भएका थिए । उपचारको लागि नेपालगन्ज शिक्षण अस्पताल लगिएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।
स्थिती नियन्त्रण लिन प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको थियो । प्रहरीको गोली लागि दुई प्रदर्शनकारी घाइते भएका थिए । घाइतेहरुको नेपालगञ्जमा उपचार हुदै छ ।थरुहट प्रदेशको माग राख्दै भएको बन्द र प्रदर्शनले जनजीबन अस्त ब्यस्त भएको छ ।