Tue. Oct 8th, 2024

साफ च्यापियनसिप फुटबलमा भुटानसँग माल्दिभ्स पराजित

राजधानीमा जारी साफ यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा भुटानले माल्दिभ्सलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भुटानले माल्दिभ्सलाई २–१ गोलअन्तरले पराजित गरेको हो । यस जितसँगै समूह ‘बी’मा रहेका भुटान र भारतले समान तीनरतीन अंक जोडेका छन् । पराजित माल्दिभ्स भने अंकविहीन छ । यसअघि भारतले पहिलो खेलमा भुटानलाई १–० गोलअन्तरले पराजित गरेको थियो ।

भुटानको जितमा जिग्नम दोर्जी र नोवाङ चोपेलले समान एकरएक गोल गरे । यता माल्दिभ्सको लागि भने फिरकले एक गोल फर्काए । खेलमा पहिलो अग्रता भुटानले लियो । खेलको २२औँ मिनेटमा भुटानका जिग्नमले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ५१औँ मिनेटमा भुटान १० खेलाडीमा समेटिएको थियो ।

सोही समयमा प्राप्त फ्रिकिकको सदुपयोग गर्दै माल्दिभ्सले बराबरी गोल फर्कायो । माल्दिभ्सका फिराकले डिबक्स बाहिरबाट प्रहार गरेका बलले जाली चुमेको थियो ।

त्यसपछि खेलको ८९औँ मिनेटमा भुटानले पुनः अग्रता लियो । भुटानका नोवाङले गोल गर्दै खेललाई २–१ गोलको अग्रतामा ल्याए । त्यसपछि खेलमा अर्को गोल हुन सकेन र अन्ततः भुटानको जित पक्का भयो । उक्त प्रतियोगिताअन्तर्गत भोलि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो ३ बजेदेखि सुरुआत हुनेछ ।

About The Author

अन्य समाचारहरु: