काठमाडौं – साफ यू–२० च्याम्पियनसिप फुटबलअन्तर्गत अहिले बंगलादेशविरुद्ध भिडिरहेको नेपालले सुरुवातमै २ गोल गरेर हावी भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको खेलमा नेपालले २ मिनेटको अन्तरमा दुई गोल गरेको थियो । १७ औँ मिनेटमा समिर तामाङ र १९ औँ मिनेटमा निराजन धामीले गोल गरे। नेपालले पहिलो गोल बंगलादेशका गोलकिपरको गल्तीका कारण गरेको थियो ।
काउन्टर एट्याकमा आएको बलले गोलकिपरले समयमा क्लियर गर्न नसक्दा समिरले खोसेर डीबक्सभित्र पुर्या्उँदै गोल गरेका थिए । लगत्तै निराजनले गोल गरेका थिए। नेपाल सेमिफाइनल पुगिसकेको छ ।