Mon. Nov 4th, 2024

धादिङमा बस र माइक्रो ठोकिदा आठ जना घाइते

धादिङ-कालुपाण्डे मार्ग अन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका-८ ससाहमा बस र माइक्रो ठोक्किदा आठ जना घाइते भएका छन् ।

धादिङबाट काठमाडौं जाँदै गरेको ना ७ ख ३१९८ नम्बरको बस र काठमाडौबाट धादिङबेसीतर्फ आउदै गरेको बागमती प्रदेश ००१ज०५२९ विद्युतीय माइक्रोबस आपसमा ठोक्किएको हो ।

दुर्घटनामा माइक्रोबसमा सवार तीज जना महिला र पाँच जना पुरुष घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । तीब्र गतिमा गुडेको माइक्रो र बस घुम्ती सडकमा ठोक्किएको छ ।

दुर्घटनामा परि घाइते भएका सबैको धादिङ अस्पतालमा उपचार भइरहेको छ । दुई जनालाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइ रहेको धादिङ अस्पतालका सुचना अधिकारी डाक्टर राम रिजाल जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: