Tue. Oct 8th, 2024

सेयर बजारमा २५ अंकको गिरावट, परिसूचक पनि २७०१ मा झर्‍यो

काठमाडौं – साताको पहिलो दिन आइतबार सेयर बजार २५.४६ अंक घटेको छ ।आज नेप्से परिसूचक २७०१।९ अंकमा कायम भएको छ ।

आज ८५ कम्पनीको मूल्य बढ्दा १५७ को घटेको छ भने ३ को स्थिर रहेको छ । आज १० अर्ब १२ करोडको कारोबार भएको छ ।

आज सबैभन्द धेरै सिएचडीसीको सेयर कारोबार भएको छ । यस कम्पनीको ४२ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एचआइडीसीएलको ३५ करोड ८१ लाख रुपैयाँ संस्थापक सेयर कारोबार भएको छ । ग्रिन लाइफ हाइड्रोको ३५ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

About The Author

अन्य समाचारहरु: