Sat. Oct 12th, 2024

अब सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय आधा घण्टा

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय आधा घण्टा कायम गरेको जानकारी दिएका छन् । सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो आएको भन्दै प्रधानमन्त्री ओलीले अबदेखि दिउँसो १:३० देखि २ बजेसम्मका लागि खाजा समय कायम गरिएको आइतबार जानकारी दिएका हुन् ।

सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ । खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन,प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन् अब सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन १:३० देखि २ बजेसम्म कायम गरिएको छ ।

नयाँ नियमलाई उल्ल‌घन गरेको पाइएमा हेल्लो सरकारमा गुनासो टिपाउनसमेत उनले अनुरोध गरेका छन् ।कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ, प्रधानमन्त्री ओलीको पोस्टमा छ । सरकारी कार्यालयमा कर्मचारीले खाजा खाने समय लामो हुँदा सेवाग्राहीले समस्या झेल्दै आएका छन् ।

About The Author

अन्य समाचारहरु: