Tue. Mar 18th, 2025

अनेरास्ववियु महाकाली उमाविमा मोहन लामा चयन

???????????????????????????????
२० भदौ,  धादिङ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन श्री महाकाली उच्च माध्यमिक विद्यालयको प्रारम्भिक कमिटिको अध्यक्षमा मोेहन लामा चयन भएका छन् ।

श्री महाकाली अनेरास्ववियूको पुर्व अध्यक्ष गोविन्द सुवेदीको अध्यक्षयतामा आइतबार बसेको भेलाले लामाको अध्यक्षमा ४५ सदस्यीय कमिटिको पुर्न गठन गरिएको हो । कमिटिको उपाध्यक्षमा सर्मिला राई, सचिवमा दिपक लुईटेल सह सचिवमा शान्ति राई, कोषाध्यक्षमा कल्याण सिञ्चुरी महिला विभाग प्रमुखमा मिरा राई, अनुशान विभाग प्रमुखमा यमुना अर्याल चयन भएका छन् ।

???????????????????????????????

नयाँ कार्यसमितिलाई अनेरास्ववियू जिल्ला कमिटि अध्यक्ष सन्तोष राना क्षेत्री, नेकपा एमालेका पुर्व जिल्ला कमिटि सदस्य नविन कुमार रिजाल, नेकपा एमाले भुमेस्थान गाँउ पार्टी कमिटिका अध्यक्ष श्यामसुन्दर थापा , त्रिचन्द्र बहुमुखी क्याम्पस कमिटि सदस्य निरन्जन रुपाखेती, अनेरास्ववियू जिल्ला कमिटिका सह सचिव भुवन श्रेष्ठ लगायतले शुभकामना दिएका थिए ।

About The Author

अन्य समाचारहरु: