काठमाडौं – सर्वोच्च अदालतको कारबाही प्रत्यक्ष प्रसारण (लाइभ) गर्न माग गर्दै रिट निवेदन दर्ता भएको छ । कानुनका विद्यार्थीहरु अनिलकुमार साह र विवेक चौधरीले आइतबार पेस गरेको रिट निवेदन सर्वोच्च अदालतले दर्ता गरेको हो ।
रिटमाथिको पेसी सोमबारका लागि तोकिएको छ । न्यायिक पारदर्शिता र जनतामा न्यायको पहुँचको उद्देश्य राखेर रिट निवेदन पेस गरिएको हो।
रिटमाथिको पेसी सोमबारका लागि तोकिएको छ । न्यायिक पारदर्शिता र जनतामा न्यायको पहुँचको उद्देश्य राखेर रिट निवेदन पेस गरिएको चौधरीले जानकारी दिए ।
निवेदकहरूले अदालतको कारवाहीलाई प्रत्यक्ष प्रसारण गर्नु न्यायिक प्रणालीको आमूल परिवर्तनको लागि अपरिहार्य रहेको समेत रिटमा उल्लेख गरेका छन् । रिट निवेदनमा विश्वका प्रमुख लोकतान्त्रिक मुलुकहरू जस्तै भारत, अमेरिका, ब्राजिल, क्यानडा, दक्षिण अफ्रिका, अस्ट्रेलिया लगायतका देशहरूमा सर्वोच्च अदालतको कारवाहीको प्रत्यक्ष प्रसारण भइरहेको तथ्य उल्लेख गरिएको छ ।यी देशहरूको अनुभवले प्रत्यक्ष प्रसारणले न्यायिक प्रक्रियामा जनताको विश्वास र सहभागिता उल्लेखनीय रूपमा बढाएको देखाएको रिट निवेदकको जिकिर छ ।