Tue. Oct 8th, 2024

अभिनेता निखिल उप्रेतीले गरे कपाल प्रत्यारोपण

काठमाडौं– अभिनेता निखिल उप्रेतीले कपाल प्रत्यारोपण गरेका छन् । दरबारमार्गस्थित आवरण स्किन एण्ड हेयर क्लिनिकमा सर्जन तथा अभिनेता रुपक घिमिरेले उप्रेतीको कपाल प्रत्यारोपण गरेका हुन् ।

आधुनिक प्रविधि र विशेषज्ञको निगरानीमा आफूले कपाल रोपेको निखिलले बताए । फिल्मको छायांकनमा जाँदा लाइट, मेकअपका सामग्रीमा हुने रसायनसहित धुवाँ, धुलो, घाम पसिनाले आफ्नो कपालमा समस्या देखिएपछि आफूले प्रत्यारोपण गरेको उनले बताए ।

अबको ६ महिनापछि नयाँ कपालसहित आफू पर्दामा फर्किने उनले बताए । अभिनेता समेत रहेका कपाल प्रत्यारोपण सर्जन घिमिरेले आफ्नो क्लिनिकमा हेयर ट्रान्सप्लान्ट सर्वसुलभ मूल्यमा उपलब्ध हुने बताए । अभिनेता उप्रेती चाँडै एक फिल्म निर्देशन तथा निर्माणको तयारीमा छन् ।

About The Author

अन्य समाचारहरु: