Fri. Jul 19th, 2024

बारपाकका विद्यार्थीमा बेहोस हुने समस्या

barpak
२१ भदौ, गोरखा -भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाक गाउँका विद्यार्थीमा बेहोस हुने समस्या देखा परेको छ ।

एकपछि अर्को गर्दै विद्यार्थी बिरामी हुन थालेको हिमालय उच्चमाविका शिक्षक रामकुमार घलेले जानकारी दिए । हिमालय उच्चमाविमा अध्ययनरत १५ जनाभन्दा बढी विद्यार्थी बिरामी भएका हुन् ।

विगत एक सातादेखि विद्यार्थी बिरामी हुने समस्या देखिएको शिक्षक घलेको भनाइ छ । पढिरहेको अवस्थामा विद्यार्थी बेहोस हुने समस्या देखापरेको छ । छात्रामा बेहोस हुने समस्या देखा परेको र एकै विद्यार्थी पटकपटक बेहोस हुने गरेको शिक्षक घलेले बताए ।

अहिलेसम्म कक्षा १० मा पढिरहेकी दिलकुमारी गुरुङ, कोपिला गुरुङ, कक्षा १२ मा पढिरहेकी अञ्जु गुरुङलगायत विद्यार्थी हुने समस्या देखा परेको छ । नयाँ पत्रिकाबाट

About The Author

Loading...

अन्य समाचारहरु: