काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश ठाकुरप्रसाद खरेलले उनलाई दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटी माग गरेका हुन् ।
प्रहरीको साइबर ब्युरोको उनलाई असोज ६ मा भक्तपुरस्थित घरबाट पक्राउ गरेको थियो । प्रसाईंले विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा ५ वर्षसम्म कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको थियो ।