धादिङ ।
दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै रातीको समयमा त्रिभुवन राजपथको नौबिसे नागढुंगा सडक र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द गर्ने निर्णय गृह मन्त्रालयले फिर्ता लिएको छ ।
निर्णय फिर्ता भएसंगै नौबिसे नागढुंगा र पृथ्वी राजमार्गको नौबिसे मुग्लिन सडकमा सवारी निर्वाध चलिरहेका जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिए ।
वर्षाका कारण विभिन्न स्थानमा पहिरोको जोखिम रहेको र रातीको समयमा दुर्घटनाको संभावना पनि बढी हुने भन्दै रातीको समयमा सवारी आवागमनमा रोक लगाउने निर्णय किन फिर्ता लियो भन्ने बिषयमा भने प्रष्ट खुलाइएको छैन ।
काठमाडौबाट बाहिने सवारीको चाप अत्याधिक भएकोले रातीमा पनि सवारी चल्न दिने निर्णय भएको बुझिएको छ ।