काभ्रे-असोज दोस्रो आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको वीपी राजमार्ग सञ्चालनमा आएको छ ।
संघीय राजधानीलाई पूर्वलाई जोड्ने राजमार्गमा अहिले साना गाडीहरु चलिरहेको छ । भोलि मंगलबारदेखि रुट इजाजत पाएका सवारी साधानलाई समेत चल्न दिने तयारी छ । तर राजमार्गको यात्रा सहज भने छैन ।
सडक डिभिजन, भक्तपुरका अनुसार बाढी र पहिरोले सबभन्दा बढी क्षति भकुन्डेबेसी बर्षेखोला खण्डमा भएको छ । यो खण्डको करिव ८ किलोमिटर सडक रोशी खोलामा आएको बाढीले पुरै बगाएको छ ।
त्यहाँ अहिले ट्र्याक खोलिएको छ । चौकीडाँडाबाट नदी किनार नै किनार ट्र्याक खोलिएको छ । छोटो अवधिमा खोलिएको ट्रयाकमा यात्रा गर्न सहज छैन ।
चौकी डाँडामा राजमार्ग छाडेर खोला किनारमा बनाइएको ट्र्याकमा झर्न साँघुरो बाटो बनाइएको छ । तर धुलाम्मे, अनि मोड भएको यो सडकमा एउटा गाडी मात्र गुड्न सक्छ । एर्का तर्फबाट आएको गाडी पास नहुँदासम्म अर्कोतर्फ आएको गाडी रोकिनुपर्छ । त्यसमा पनि धुलोका कारण कटाउन गाह्रो छ ।
त्यसपछि खोला किनार नै किनार कटुन्जेमा पुगेपछि मुल सडकमा उक्लिनु पर्छ । थोरै तल लास्कोट बजारभन्दा माथि सडक बनाएपनि ट्र्याक खोलिएको छ ।
४०० बेसीसम्म सडक छ, त्यसबाट मुनी फेरि सडक छैन । गिम्देबेसीसम्म ट्र्याकमा गुड्नुपर्छ । थोरै मिटर सडक छ, त्यसपछि फेरि खोला किनारमा आउनुपर्छ । नार्केको पुल कट्नासाथ फेरि खोला किनारमा झर्नुपर्छ । यसरी केही मिटर सडक गुडेपनि अधिकांश समय सडक किनारमा खनिएको ट्र्याकमा गुड्नुपर्छ ।
चाडपर्वको समयमा राजमार्ग सुचारु गर्न हतार हतारमा ट्रयाक खोलिएकाले खोला राम्रोसँग छोकिएको छैन । कुनै पनि बेला पानीले ट्र्याक भत्काउनसक्छ । साथै बगरमा दुईपाग्रे वा हलुका सवारी साधानका लागि निकै कष्कटर हुने देखिन्छ ।
सडक डिभिजन, भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार २०/२२ वटा मेसिन प्रयोग भएको थियो । सडक डिभिजन, भक्तपुरले चौकीडाँडाँबाट र सडक डिभिजन, खुर्कोटले नेपालथोकतर्फबाट ट्र्याक खन्न सुरु गरेको थियो । मंगलटारको बोक्सेकुनामा जम्माभेट भयो ।
नदी किनारमा भएका ठूला ढुंगाहरु पन्छाएर ट्र्याक मात्र खोलिएकाले छिट्टै भएको हो । ‘अहिलेलाई जहाँबाट सहज हुन्छ, त्यता ट्याक खोलिएको छ’, उनले भने,