Thu. Jun 12th, 2025

गाडी दुर्घटना गराई फरार भएका चालक पक्राउ

काठमाण्डौ – गाडी दुर्घटना गराई फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डौ र प्रहरी वृत्त बानेश्वरको संयुक्त टोलीले सीसीटीभी क्यामेराको फुटेज र घटनास्थलको प्राविधिक विश्लेषणका आधारमा ललितपुर महानगरपालिका–१ कुपण्डोलमा लुकेर बसेको अवस्थामा मोरङको विराटनगर उपमहानगरपालिका–१७ घर भई अहिले कुपण्डोल बस्ने ४० वर्षीय निरज विष्टलाई पक्राउ गरेको छ ।

विष्टको साथबाट बा ३ च ९४४ नम्बरको कारसमेत बरामद गरिएको प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

यही असोज २६ गते बेलुकी काठमाण्डौ महानगरपालिका–३२ तीनकुने गैरीगाउँ सडकमा गाडी दुर्घटना गराई सर्लाहीको कविलासी नगरपालिका–२ स्थायी घर भएका ५२ वर्षीय विनय रामलाई घाइते पारेर काठमाण्डौ मेडिकल कलेज पुर्‍याई उनी फरार भएका प्रहरीले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: