![](https://www.pabilnews.com/wp-content/uploads/2024/11/rabi-lamichhane-.jpg)
काठमाडौं -सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेमाथि अनुसन्धान गर्न अदालतले थप १० दिन म्याद थपेको छ । मंगलबार जिल्ला अदालत कास्कीले १० दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
कार्तिक १५ गतेदेखि गणना हुनेगरी अदालतले प्रहरीलाई अनुसन्धान गर्न थप समय दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।