Wed. Dec 4th, 2024

देउवालाई थप खुसी बनाउनुपर्नेमा एमालेको जोड

काठमाडौं-नेकपा (एमाले) ले सरकारले आधारभूत रुपमा ठीक ढंगले काम गरिरहेको निश्कर्ष निकालेको छ । शनिबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले सरकारको प्रभावकारिताका लागि कांग्रेस–एमालेबीचको समझदारीलाई अझ प्रगाढ बनाउनुपर्ने निश्कर्ष निकालेको हो ।

बैठकको निर्णयका बारेमा जानकारी गराउँदै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सरकारको कामको प्रभावकारित बढाउनका लागि संयन्त्रसमेत बनिएको र सरकारलाई काम कारबाहीलाई अझ सुदृढ बनाउने कुराका सफलता प्राप्तहोस् भन्ने कुरामा आफूहरुको जोड रहेको बताए ।

‘सरकारको ४ महिने कार्यकालको समीक्षा गरेका छौं हामीले । सरकारले आधारभूत रुपमा ठीक ढंगले काम गरेर अगाडि बढिरहेको छ । दुई मुख्य राजनीतिक दलहरुको बीचमा समझदारी अझ प्रगाढ बनाउन र काममा अझ बढी समन्वय ल्याउन निम्ति संयन्त्र पनि बनेको र अझ सुदृढ गर्दै लैजानको निम्ति सरकारलाई फलता प्राप्त होस् भन्ने कुरामा पनि जोड दिएका छौं,’– उपमहासचिव ज्ञवालीले भने ।

एमाले–कांग्रेसहितको सत्ता गठबन्धनमा खटपटको संकेत देखापरेसँगै सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले संयन्त्र बनाएका थिए । उक्त संयन्त्रलाई प्रभावकारी बनाएर कांग्रेससँगको दुरीलाई अझै घटाउनुपर्ने निश्कर्ष एमालेको छ ।

About The Author

अन्य समाचारहरु: